बुटवल–पाल्पा सडक पहिरोले दिउँसोदेखि अवरुद्ध

by समतल अनलाइन

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक पहिरोले दिउँसोदेखि अवरुद्ध भएको छ । सिद्धबाबाको हेडबक्स नजिकै शनिबार दिउँसो सुख्खा पहिरोले सडक पुरिएपछि अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

सडकमाथिबाट शनिबार दिउँसो करिब पौने ४ बजेको समयमा पहिरो खसेर सडक पुरिएको छ । सडक खुलाउनका लागि पहिरो हटाउने काम भइरहेको र अझै केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि गुल्मी, स्याङ्जा, पोखरा, लगायतका ठाउँबाट पाल्पा हुँदै आएको सवारी साधनहरु बाटोमै रोकिएका छन् । यसैगरी बुटवल–पाल्पा हुँदै विभिन्न गन्तव्यमा जाने सवारी साधन पनि बीच बाटोमा अलपत्र परेका छन् ।

 
 
  
 

You may also like