आज कुन देशको मुद्राको कति छ विनिमयदर ?

by समतल अनलाइन

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम भएको छ।

त्यसैगरी युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा रहेको छ भने बेलायती पाउन्ड एकको खरिददर १७० रुपैयाँ ८४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

यस्तै त्यसैगरी कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४९ रुपैयाँ ७६ पैसा कायम हुँदा कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like