भाषण भन्दा पनि काम जरुरी : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू धेरै बोल्ने भन्दा पनि काम गर्ने बताएका छन् । आज (बिहीबार) काठमाडौं महानगर–८ को प्रशासनिक भवन समुद्धाटन कार्यक्रममा बोल्दै प्रमुख शाहले यस्तो बताएका हुन् ।

उनले आफू धेरै नबोल्ने भन्दै सबैले भाषण भन्दा पनि काम गर्न जरुरी रहेको बताए । प्रमुख शाहले कार्यक्रमहरुमा लामो सम्बोधन र भाषण गरेर समय लिने भन्दा पनि काममा समय दिनुपर्ने बताए । उनले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने पनि बताएका छन् । २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको उनको भनाइ छ ।

पशुपति क्षेत्रका सडकहरु चाँडो र तीब्र गति गतिमा बन्दै जाने उनले विश्वास व्यक्त गरे । उनले विशेष गरी पशुपति क्षेत्र आफैमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको बताए । उनले सम्पदामैत्री क्षेत्र सम्पदामैत्री सडक र घर तथा भवनहरु बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेहेका बताए ।

सम्पदा क्षेत्रका घरहरु सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने उनले बताए । उनले सम्पदा शैलीका सडक र घर भवनहरु भए पर्यटकहरुलाई आकर्षण अझै बढी हुने बताएका छन् ।

 
 
  
 

You may also like