एक वर्षमा अख्तियारद्वारा २०१ मुद्दा दायर, आठ अर्ब ३५ करोड बिगो दाबी (विवरणसहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धी २०१ वटा मुद्दा दायर गरेको छ । अख्तियारले आज (बुधबार) जारी गरेको विज्ञप्तिअनुसार विशेष अदालतमा दायर २०१ मुद्दाका प्रतिवादीबाट आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको छ ।

आर्थिक वर्ष २०८०।८१ मा अख्तियारले दायर गरेका मुद्दामा गैरकानूनी लाभहानी ५८ घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजस्व चुहावट / हिनामिना १३, गैरकानूनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा गरी २०१ वटा छन् ।

ती आरोपपत्रमा प्रतिवादी संख्या १५२० जना रहेका अख्तियारले जनाएको छ । जसमध्ये राष्ट्रसेवक कर्मचारी संख्या ५२४, निर्वाचित जनप्रतिनिधिहरु१०१ जना, मनोनित पदाधिकारी १८१ जना, लेखापढी व्यवसायी–२, विचौलिया–२, व्यवसायी–९१ र अन्य व्यक्ति ६१९ जना छन् ।

उक्त आ.व. २०८०/८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरीहरु रहेकोमा २७ हजार ३५७ उजुरी फर्छ्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ ।

जसमा रङ्गेहात कारबाहीको संख्या– ३१ रहँदा ५२ लाख ४२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, रङ्गेहात कारबाहीमा ४४ जना पक्राउ परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेका छन् । त्यसैगरी, ९ जना लेखापढी व्यबसायी÷बिचौलिया /मतियार र ३ जना वडाध्यक्ष छन् । विशेष अदालतबाट भएका फैसलाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको संख्या ९२ रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।

 
 
  
 

You may also like