सञ्चारमन्त्रीको पहिलो निर्देशन : नयाँ प्रविधिसँगै छिटोछरितो सेवा प्रवाह गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जनका लागि समिति गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।

आज (सोमबार) सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोगका लागि कानुनी व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रमका रहेका विषयलाई कार्यान्वयनका लागि डिजिटल नेपालको फ्रेमवर्कलाई परिमार्जन गर्नुपर्ने भएकाले समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्री गुरुङले समग्र अध्ययन गरी आवश्यकता आधारमा मन्त्रालयको कामलाई अघि बढाउने धारणा राखे । मन्त्री गुरुङले नयाँ प्रविधिको प्रयोग गरी छिटोछरितो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।

 
 
  
 

You may also like