गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ मा पहिरोले पुरिएकी महिलालाई जिवितै उद्धार

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएकी एक जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका- ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

ढुङ्गा माटोले बनेको एकतले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जीवितै उद्धार गरेका छन् ।

उद्धारपछि उनलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ । पहिरो खसेका बेला उनी घरमा एक्लै थिइन् । उनकी छोरी घाँस काट्न गएका बेला पहिरोले घर पुरिएको थियो ।

 
 
  
 

You may also like