काठमाडौं नयाँबजार सडकमा गुडिरहेको मोटरसाइकल खाल्डोमा ‘गायब’, चालकको उद्धार

काठमाडौं । काठमाडौंको स्रोहखुट्टेस्थित नयाँ बजारमा सडक भाँसिएको छ । सडक भाँसिएर कुदिरहेको मोटसाइकल खाल्डोभित्र खसेर गायव भएको छ । मोटसाइकल चालकलाई सकुशल उद्धार गरिएको छ भने मोटरसाइकल अझै भेटिएको छैन ।

सडक ९ फिट गहिरो भाँसिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ५ बजे सडक भाँसिएको थियो । भाँसिने वित्तिकै मोटरसाइकल चालक खाल्डोमा खसेका थिए । काठमाडौं महानगर प्रहरी र सशस्त्र प्रहरीले मोटरसाइकलको खोजी गरिरहेको छ । भारी वर्षाको कारण सडक भाँसिएको हुन सक्ने सडक विभागको अनुमान छ । सडक अनुगमनको लागि सडक विभागको टोली जाँदैछ ।

 
 
  
 

You may also like