लमजुङ पहिरो अपडेट : बेपत्ता चारमध्ये एकको शव भेटियो

लमजुङ । लमजुङको क्व्होलासोथर गाउँपालिका–३ मा पहिरोमा परी बेपत्ता भएका एक जनाको शव भेटिएको छ । अन्य तीन जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । पहिरोमा परी बेपत्ता भएका ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो ।

मंगलबार राति बगुमस्थित पच्युटोलमा पहिरोले तीन घर बगाउँदा चार जना बेपत्ता भएका थिए । बेपत्ता हुनेहरूमा ३६ वर्षीया पञ्चकुमारी गुरुङ, उनकी पाँच वर्षीया छोरी नम्रता र सात वर्षीया इच्छा गुरुङ रहेका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खोजीका लागि खटिएको छ ।

 
 
  
 

You may also like