नेपाल पराजित, बंगलादेश पुग्यो सुपर–८ मा

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेश २१ रनले विजयी भएको हो । बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै नेपाललाई १०७ रनको लक्ष्य दिएको थियो । १९.२ ओभरमा अलआउट हुँदै नेपालले ८५ रन बनाएको थियो ।

१४ वर्षपछि विश्वकप खेलेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो । पहिलो खेलमा नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको नेपाल श्री लंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ । नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको हो ।

 
 
  
 

You may also like