प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।

आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्ने कार्यसूची पनि छ । यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आजै राष्ट्र ऋण उठाउने विधयेक प्रस्तुत गरिने छ । यस्तै भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गरिने संसद् सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ ।

 
 
  
 

You may also like