गुल्मीबाट बुटवल आउंदै गरेको जिप दुर्घटनामा १ जनाको मृत्यु ,५ जना घाइते

बुटवल।गुल्मीको भार्सेबाट बुटवल आउंदै गरेको जीप पुर्तिघाटमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान गुल्मीको कालिगण्ड्की गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङ भन्ने ठाउँमा ग २ च ३२६२ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

पुर्तिघाट प्रहरी चौकीका अनुसार मृतकको सनाखत हुन बांकी छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जानकारी दिएको छ । जीपमा ७ जना सवार रहेको बताइएको छ ।

 
 
  
 

You may also like