सरकारले भ्रमण स्वीकृति गर्‍यो, बालेनले सिंगापुर नजाने निर्णय लिए

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंगापुरको भ्रमण रद्द गरेका छन् । मेयर बालेन आउँदो जेठ २० देखि २२ सम्म सिंगापुरमा हुने नवौं वर्ल्ड सिटी समिटमा भाग लिन सिंगापुर जाने कार्यक्रम तय भएको थियो ।

जसका लागि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सरकारलाई स्वीकृतिका लागि आग्रह गरेका थिए । तर, कार्य व्यस्तताका कारण उनको भ्रमण रद्द गरिएको प्रमुख स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । ‘अहिले कार्य व्यस्तताका कारण भ्रमण रद्द गरिएको हो,’ उनले सुनाए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पनि भ्रमणका लागि स्वीकृति दिइसकेको थियो ।

 
 
  
 

You may also like