सन्दीपले भने, ‘मेरो नभए पनि देशको सपना पूरा भएको छ, खुशी छु’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि दुःखी भने नभएको बताएका हुन् । उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

बलात्कार मुद्दामा उच्च अदातलते सन्दीपलाई सफाइ दिएपछि उनको विश्वकप खेल्ने सपना पूरा हुने अपेक्षा गरिएको थियो । तर अमेरिकी दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको विश्वकप खेल्ने सपना अधुरै रहने लगभग निश्चित देखिएको छ ।

दूतावासले सन्दीपलाई भिषा दिन अस्वीकार गरेपछि अहिले उच्च तहबाट नै उनलाई भिसा दिलाउन पहल भइरहेको छ । यद्यपी अमेरिकाले उनलाई भिसा दिने सम्भावना कम छ । विश्वकपका लागि सन्दीपलाई भिसा दिन पहल गर्नका लागि सोमबार मात्रै नेपाल क्रिकेट (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारी र सन्दीपले परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठलाई भेटका थिए ।

 
 
  
 

You may also like