बुटवलमा ३ दिने पत्रकारिता तालिम सुरु

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आईतबारदेखि ‘स्थानीय तहका असल अभ्यास र सुशासनका सवाल’ बिषयक पत्रकारिता तालिम शुरु भएको छ । तालिमको बुछवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयल उद्घाटन गरेका हुन । उनले बुुटवल उपमहानगर पत्रकारिताको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । नगरप्रमुख पाण्डेयले बुटवलमा छुट्टै सञ्चारग्राम स्थापना गर्ने सोँच बनाएको तर जग्गाको व्यवस्थापन गर्न नसकिएको बताए । उनले बुटवललाई हरेक क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु अघि सारेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि यस्ता तालिमहरु फलदायी हुने बताए । पछिल्लो समय पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि छुट्याइएको बजेटमा विभिन्न निकायमा उजुरी दिने प्रचलन बढेको बताउँदै त्यसले बजेट नै कटौती हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकाहरुको क्षमता अभिबृद्धिका लागि तीन दिने तालिम फदायी हुने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित तालिममा रुपन्देहीका क्रियाशिल ६० बढि पत्रकारहरुको सहभागिता रहेको महासंघका सचिव विनोद परियारले बताए । पहिलो दिन आईतबार बुटवल उपमहानगरका कार्यसम्पादनका बिषयमा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले प्रस्तुती राखेका थिए । यस्तै पत्रकारिताको पछिल्लो अवस्था र स्थानीय मिडियामा स्थानीय सरकारका सवालाका बिषयमा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्षहरु शेरबहादुर केसी र यानेन्द्र जिसि तथा प्रदेश सल्लाहकार सरु राना सहितको प्यानल छलफल गरिएको थियो । सोमबार र मंगलबार भने बाह«खरी अनलाईनका सम्पादक प्रतिक प्रधानले सहजीकरण गर्नेछन ।

 
 
  
 

You may also like