पत्रकार महासंघ रुपन्देहीको अधिवेशन बैशाख १५ गते हुने

बुटवल।नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन बैशाख १५ गते हुने भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको विहिबार बुटवलमा बसेको कार्यसमिति बैठकले महासंघको केन्द्रीय सर्कुलर अनुसार बैशाख १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

जिल्ला शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवालको बिशेष उपस्थितीमा बैठक बसेको हो ।

बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरी लम्साल, शेरबहादुर केसी, सल्लाहकार माधव ढुंगाना, इन्दिरा अर्यालको उपस्थिती रहेको थियो । बैठकले अधिवेशनका अवसरमा पत्रकारिता पुरस्कार वितरण गर्ने, महासंघका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने निर्णय गरेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

 
 
  
 

You may also like