चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला

by समतल अनलाइन

चितवन । चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल फेला परेको छ । मेडिकल कलेका विद्यार्थी बस्ने होस्टलमा पेस्तोल फेला पारिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका उपरीक्षक दानबहादुर मल्लका अनुसार शनिवार दिउँसो होस्टलमा पेस्तोल र गोली फेला परेको हो ।

होस्टलमा मेड इन युएसए लेखिएको पेस्तोल र गोली फेला परेको मल्लले बताए । ‘होस्टलका गार्डले हतियार देखेको भनेर प्रहरीलाई खबर गरे’ मल्लले भने,‘त्यसपछि होस्टलमा खोज्दै जाँदा पेस्तोल र केही राउण्ड गोली फेला पर्यो‍ । मल्लले हतियार कसको हो र कहाँबाट आयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको बताए ।

चितवन मेडिकल कलेजमा शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दको नेतृत्वमा चिकित्सा शिक्षा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ । आइतवार समितिले चितवनमा कार्यक्रम गर्ने तयारी गरिरहेको पूर्वसन्ध्यामा होस्टलबाट हतियार फेला परेको हो । अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like