आईपीएल : दिल्लीमाथि कोलकाताको फराकिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो ।

कोलकोताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो ।त्यसैगरी यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रन बनाएको थियो । यो आइपिएल इतिहासमा एक इनिङमा बनेको दोस्रो ठूलो टोटल हो ।

यसअघि यसै आईपीएलमा सनराइजर्सले मुम्बई इण्डियन्सविरुद्ध २७७ रन बनाएको थियो । यो जितपछि कोलकोताले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यसैगरी दिल्लीको भने ४ खेलमा एक जित र तीन हारसहित केवल २ अंक रहेको छ ।

 
 
  
 

You may also like