काठमाडौं । फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले आज (मंगलबार) भारतको क्लब बडोरासँग खेल्दैछ । खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ । भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ ।
नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ । नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा गुजरात पनि पहिलो हारको बदला लिन चाहन्छ ।
त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो । नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्ने छ । प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्ने छन् । त्यसपछि नेपाल त्यहाँबाट ओमान जानेछ ।