नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल आज

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको पहिलो खेल (शुक्रबार) आज हुने भएको छ । यसअघि विहीबार हुने तालिका भए पनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ तालिका सार्बजनिक गरेको थियो ।

जस अनुसार टी– २० सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल त्रिवि मैदानमा अपराहन्न १ बजेदेखि हुने क्यानले जानकारी दिएको छ । नयाँ तालिका अनुसार अब नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग आज पहिलो ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी–२० खेल खेल्ने छ । त्यसै गरी अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

 
 
  
 

You may also like