पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा दधि खरेल नेतृत्वको प्यानल घोषणा

बुटवल।पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को आसन्न निर्वाचनमा दधिराम खरेलको नेतृत्वमा संयुक्त व्यवसायी प्यानल घोषणा गरिएको छ । प्रा.लि.को दोस्रो अधिबेशनमा जसको नीति उसको नेतृत्व भन्ने नारा सहित खरेलको नेतृत्वमा सक्षम, दुरदर्शी, अनुभवी संयुक्त व्यवसायीहरुको प्यानल घोषणा गरिएको हो ।

बुटवलमा एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको संयुक्त प्यानलबाट हालका अध्यक्ष दधिराम खरेललाई प्रा.लि.को अध्यक्षमा अघि सारिएको छ । त्यस्तै प्रा.लि.को सञ्चालक समितिमा जीवन कुमार बञ्जाडे, मोहन पि.एस. रामचन्द्र खड्का, जितेन्द्र खत्री, नारायण भण्डारी, नारायणप्रसाद घिमिरे, गोपाल बहादुर पौडेल, चेत नारायण बेलबासे, रामचन्द्र भुसाल र सुरेन्द्र श्रेष्ठ उम्मेदवारी सार्वजनिक गरेको छ । प्रा.लीको दोस्रो अधिबेशन चैत १६ र १७ गते हुंदैछ ।

प्यानल घोषणा कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार दधिराम खरेलले प्रा.लि.लाई अझ सक्षम र सुदृढ बनाउंन आफ्नो उम्मेदवारी रहेको बताए । समितिबाट कम्पनी जांदा धेरै ठुलो आर्थिक भार परेको अवस्थामा त्यसलाई समधान गरेर कम्पनीलाई सक्षम बनाएको बताए । दुर्घटना न्यूनिकरण, सवारी साधनको विमा पोलिसलाई अझ चुस्त बनाउन आफ्नो नेतृत्वको टिमले काम गर्ने सो अवसरमा उहांले प्रतिबद्धता जनाए ।

उनले कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायिकको पक्षमा काम गर्न समितिकै सदस्यहरुले दिएको जिम्मेवारी पूरा गर्न अध्यक्षमा पुनः उम्मेदवारी दिएको बताए । कम्पनी सफल हुनुमा नेतृत्वकर्ताको मात्र भूमिका नहुने उल्लेख गर्दै खरेलले स्प्रीडमा काम गर्ने सक्षम नेतृत्व टिम आफु संग रहेको बताए ।

व्यवसाय सञ्चालन नगर्ने तर नेतृत्वमा आउन खोज्नेहरुबाट कम्पनीले उल्लेख्य सफलता हात नपर्ने भन्दै खरेलले आफ्नो टिम व्यवसायीहरुको मात्र टिम रहेको बताए ।

संयुक्त प्यानलका चुनाव प्रचार प्रसार समितिका संयोजक कृष्णप्रसाद सापकोटाले जुझारु र युवा नेतृत्वको टिमलाई कम्पनीलाई गतिशिल बनाउंदै व्यवसायीको पक्षमा काम गर्ने बताए । २ दिन सम्म चल्ने अधिबेशनमा कम्पनीमा आबद्ध २ हजार २ सदस्यले मतदान गर्नेछन् ।dadhi.jpg

 
 
  
 

You may also like