विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७९ पैसा कायम गरिएको छ । मंलबार एक युरोको खरिदमूल्य १४४ रूपैयाँ १४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ७९ पैसा तोकिएको छ ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ०३ र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४५ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ १९ पैसा र बिक्रीदर २८ रूपैयाँ ३२ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like