एभरेष्ट माविमा कक्षा–१२ का विद्यार्थीलाई विदाई तथा शुभकामना

बुटवल। बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा कक्षा–१२ का विद्यार्थीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । कक्षा–११ का विद्यार्थीले कक्षा–१२ को परीक्षाका लागि तयारी अवस्थामा रहेका विद्यार्थीलाई विदाईसँगै परीक्षाको सफलताको शुभकामना गरेका हुन् ।

कक्षा–११ का विद्यार्थीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै प्रदेश परीक्षा ब्यवस्थापन कार्यालय लुम्विनीका प्रमुख रमाकान्त तिवारीले संस्कारयुक्त शिक्षा र जीवन उपयोगि शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई आवश्यक पर्ने शिक्षण सिकाईमा कमि हुने गरेको उल्लेख गर्दै उहाँले काम लाग्ने र जीवन उपयोगि शिक्षा विद्यार्थीका लागि आवश्यक हुने बताउनुभयो ।

ठुलो शैक्षिक जनशक्ति अध्ययनको शिलशिलामा विदेशिने गरेको बताउँदै उहाँले अध्ययनकैलागि विदेशिने शैक्षिक जनशक्ति रोक्ने योजना र कार्यक्रम ल्याउन आवश्य रहेको बताउनुभयो । उहाँले एभरेष्टले दक्ष जनशक्ति उत्पादनमा महत्वपुर्ण भुमिका खेलेको भन्दै एभरेष्टको प्रशंसा गर्नुभयो । कक्षा–११ का विद्यार्थी डेभिट खनालको अध्यक्षतामा भएको कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, प्रदेश परीक्षा ब्यवस्थापन कार्यालयका शाखा अधिकृत बाबुराम भण्डारी, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मी, उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, सहप्राचार्य भिमसेन गौतम, विद्यार्थी स्नेहा गौतम लगायतले कक्षा १२ को परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीलाई शुभकामना दिदै प्राचार्य कृष्ण न्यौपाने शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यार्थीलाई आवश्यक पर्ने र संस्कार सहितको शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो ।

शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा आधुनिक गायक प्रमोद खरेलले आफ्नो प्रस्तुतीले शिक्षक विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतीहरु प्रदर्शन गरेका थिए । आउने कक्षा १२ को परीक्षामा एभरेष्टबाट विज्ञान र ब्यवस्थापन संकायका आठ सय विद्यार्थीहरुले सहभागिता जनाउने भएका छन् ।

 
 
  
 

You may also like