विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलरको मूल्य थोरै घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ ।

हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा थियो । त्यस्तै आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३२ पैसा थियो ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९२ पैसा थियो । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ ।

हिजो कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ५२ पैसा थियो । आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७६ पैसा थियो ।
हेर्नुस् आजको विनिमय दर

 
 
  
 

You may also like