लुम्बिनीमा ५ हजार जनाको सहभागीतामा विराट चक्र विज्ञान हुने

बुटवल। बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्र विज्ञान हुने भएको छ।

जीव विज्ञान परिषद प्रदेशको आयोजनामा यहि चैत्र २३ देखि २३ सम्म आयोजना हुने छ । अहिले विराट चक्र विज्ञानको तयारीलाई तिब्र पारिएको छ।

विश्वमै पहिलो पटक यति ठूलो संख्यामा ध्यानको कार्यक्रम आयोजना गर्न लागिएको र कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने उहाँको भनाइ छ ।यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियमा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयेजना भएको उल्लेख गर्दै उहाँले यो नै पहिलो र ठूलो कार्यक्रम हुने दाबी गर्नुभयो । भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको  बताउनुभयो ।

व्यक्ति भित्र नैसर्गिक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी गर्नुभयो । जीवन बिज्ञानका मानव विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा र रमेश नेपाल लगायतले ध्यान गराउनुहुनेछ ।

सो कार्यक्रमबाट विश्व शान्तीका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उहाले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका सूचना तथा सञ्चार विभाग परिषद अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको बताउनुभयो ।आफ्नो क्षमताको बिकास गर्न चाहने उद्योगी, व्यवसायी, व्यापारी, निजी क्षेत्रका कर्मचारी, साष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी तथा राजनीतिक कर्मी लगायत समग्रह क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरिएको बताउनुभयो ।

परिषदका शिक्षा बिकास संयोजक हरी पोखरेलका अनुसार ज्ञानमा सहभागीहरुलाई दैनिक ३ छाक भोजनको व्यवस्था आयोजकले गर्ने भए पनि आवासका लागि सहभागी स्वयम्ले नै व्यवस्था गर्नुपर्ने छ ।

लुम्बिनीमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास तथा आर्थिक बिकासमा समेत टेवा पुग्ने आयोजकले बताएको छ । विराट चक्रविज्ञानमा सहभागी हुने व्यक्तिको आवासका लागि लुम्बिनी, भैरहवा तथा बुटवलसम्मका होटल तथा गेष्टहाउसहरुमा व्यवस्था मिलाइने बताइएको छ ।
यसैगरी लुम्बिनीदेखि बुटवल तथा भैरहवासम्म आउनका लागि अयाजकले नै निशुल्क आयायातको व्यवस्था गर्ने परिषदकी नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुनका लागि रेजिष्ट्रेशनका लागि प्रतिव्यक्ति १० हजार शुल्क उठाइएको छ ।

शुल्कबाट एक सातामा सम्म ज्ञानमा सहभागीहरुलाई भोजन तथा हलमा कार्पेटिङ, साउण्ड तथा डिजिटल डिसप्ले लगायतको व्यवस्थापनमा खर्च गरिने आयोजकको भनाइ छ । बुद्धको ज्ञान लुम्बिनीमा ध्यान भन्ने नाराका साथमा हुने सो कार्यक्रममा सहभागि हुन आयोजकले आग्रह गरेका छन् । 

 
 
  
 

You may also like