सुन तस्करी काण्डमा मुछिएपछि नुवाकोटका एसपी र सीआईबीका दुई डीएसपी हेर्ड क्वार्टर तानिए

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरण अनुसन्धानमा संलग्न नेपाल प्रहरीका तीन अधिकारी प्रहरी प्रधान कार्यालय तानिएका छन् । पूर्व न्यायाधीश डिल्ली आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले नेपाल प्रहरीका एसपी सञ्जयसिंह थापा, डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले अनुसन्धानमा गम्भीर त्रुटी गरेको औंल्याएपछि उनीहरूलाई प्रहरी प्रधान कार्यालय तानिएको हो ।

आयोगले उनीहरूले सुन तस्करीका अभियुक्तलाई भगाएको आरोप पनि प्रतिवेदनमा लगाएको छ । थापा नुवाकोट प्रहरी प्रमुखमा कार्यरत थिए भने कुँवर र दाहाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । थापा पनि तत्कालीन समयमा सीआईबीमै थिए । आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जाँचबुझ प्रतिवेदन बुझाएको थियो ।

 
 
  
 

You may also like