विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्दा युरो, पाउण्डसहित केही विदेशी मुद्राको मूल्य घटेको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ । हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४५ रुपैयाँ २० पैसा थियो ।

त्यसैगरी आज बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । हिजो बेलायती पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १७० रुपैयाँ ४९ पैसा थियो । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा थियो ।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २४ पैसा निर्धारण भएको छ । हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा थियो । आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १४ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ०७ पैसा थियो ।
हेर्नुस् आजको लागि अरु विदेशी मुद्राको सूची

 
 
  
 

You may also like