कति छ आज विदेशी मुद्राको विनिमय दर ?

विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ । अर्थात् शनिबार भएको कारबोर मूल्यमै आज पनि विदेशी मुद्राको कारोबार हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ । शुक्रबार र शनिबार पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो । त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ । हिजो पनि युरोको कारोबार यही मूल्यमा भएको थियो ।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा निर्धारण भएको छ । आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा निर्धारण भएको छ । आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा निर्धारण भएको छ ।

 
 
  
 

You may also like