रेडियो मुक्तिको आयोजनामा खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न,कालिका माविकी प्रकृति घिमिरे प्रथम

बुटवल । ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा “महिला सशक्तिकरणका लागि खेलकुद भन्ने नाराका साथ बुटवलमा शुक्रबार ५ किलोमिटर खुल्ला महिला दौड प्रतियोगितासम्पन्न भएको छ ।

रेडियो मुक्ति बुटवलको आयोजना, लुम्बिनी खेलकुद् परिषद्को मुख्य प्रायोजक तथा प्रवद्र्धन, बुटवल उपमहानगरपालिका सहित बिभिन्न पालिका र संघसंस्थाको सहकार्यमा प्रतियोगिता सम्पन्न भएको थियो ।

दौड प्रतियोगितामा कालिका मानवज्ञान माबिकी प्रकृति घिमिरे २२ मिनेट ५७ सेकेण्ड ४३ प्रतिसेकेण्डमा ५ किलोमिटर दुरी पार गर्दै प्रथम हुन सफल हुनुभएको छ । प्रथम घिमिरेले नगद १२ हजार रुपैया ,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाल प्रहरीकी पुनम खड्का क्ष्ोत्री २३ मिनेट ११ सेकेण्ड १२ प्रतिसेकेण्डमा दुरी पार गरि द्धितिय हुनुभएको छ । द्धितियक्ष्ोत्रीले ९ हजार रुपैया नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
दिप बोर्डिङ्गहाई स्कुलकी देबि बुढा २७ मिनेट १२ सेकेण्ड ६६ प्रतिसेकेण्डमा पाँच किलोमिटर दरी पार गर्दै तृतिय स्थान हात पार्न सफल हुनुभएको छ । बुढाले नगद रु नगद ५ हजार ,प्रमाणपत्र तथा मेडल प्राप्त गर्नुभएको छ ।

खेलमा कालिका मानवज्ञान माबिकी कृति पराजुली २७ मिनेट १७ सेकेण्ड ५६ प्रतिसेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथोहुन सफल हुनुभएको छ । चौथो हुनेपराजुलीलाई प्रोत्साहनस्वरुप रु ३ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिकाका पुजा थारु पाँचौ,लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ममता पाण्डे छैठौ हुनुुभएको छ ।उहाँहरुलाई क्रमश प्रोत्साहन स्वरुप रु २ हजार, प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा सबैभन्दा कम उमेरकी लक्ष्मी माबिमा अध्यरनरत १२ बर्षकी बिनिता मुखियाले ५ किलोमिटर दुरी पार गरेको उपलक्ष्यमारेडियोको तर्फबाट र बिभिन्न ब्यक्तीहरुको तर्फबाट नगद रु ३ हजार र प्रमाणपत्र र सबै भन्दाबढी उमेरका ४० बर्षभन्दा माथि ५ किलोमिटर दौड पुरागर्नुभएकोमा इनरव्हिल क्लब अफ मिडटाउनका पार्वती पंगेनी ,एकल महिला समुह रुपन्देहीकी रिता सेन, लुम्बिनी प्रादेशिक अस्पतालकी गोमा सुवेदी, प्रगतिशिल महिला सहकारी तिलोत्तमाकी मन्जुथारुलाई सम्मान गरिएको छ ।

विजयी प्रतियोगिलाई रेडियोका कार्यबहाक अध्यक्ष ईन्दिरा आचार्य , प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, परिषद्का सदस्यद्धय हरि बहादुर वली, राजकुमार पाण्डे, जिलला भलिवल संघ रुपन्देही अध्यक्ष सुरेन्द्र शाक्य, मानव अधिकार एलायन्सका अध्यक्ष माधव सापकोटा, नेपाली जुत्ता घरका संचालक उत्तम देबकोटा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रदेश प्रमुख कार्यालयबाट शुरु भएको दौड मिलनचोक हुदै फाईनान्स पुगेर पुनः प्रदेश प्रमुख कार्यालयमा पुगेर समापन गरिएको थियो ।कार्यक्रममा रुपन्देहीका सरकारी तथा गैरसरकारी संघसंस्था र पाल्पाको तिनाउ गाउपालिकाका गरी ३५० जना महिलाको सहभागिता रहेको थियो ।
प्रतियोगिताको एक कार्यक्रमका बीच बुटवल उपमहानगरका नगरप्रमुख पाण्डेयले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै पाण्डले खेल क्षेत्रको प्रबद्र्धन र विकासमा उपमहानगरपालिकाले जोड दिदै आएको बताउनुभयो । महिलाको आर्थिक सामाजिक सबलीकरणका लागी नगरले बिभिन्न सिपमूलक कार्यक्रम अगाडी सारेको बताउनुभयो । हरेक घरमा रोजगार ल्याउने गरी अभियान थालेको पाण्डेको भनाई थियो ।

उपप्रमुख उद्यमशिलता कार्यक्रम ल्याएर विपन्न परिवारहरुलाई आम्दानी गर्ने, बचत गर्ने, आत्मनिर्भर बनाउने अभियान थालेको उनले बताउनुभयो । खेलकुदमा महिला समेट्ने गरि विभिन्न गतिविधिमा जोड दिएको बताउदै प्रमसख पाण्डेले घरघरमा महिला सक्षम नभएसम्म, आत्मनिर्भर नभएसम्म समाजमा स्थापित हुन नसक्ने भन्दै यस्ता अभियानका पालिकाबाट बजेट बिनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि उपप्रमुख साबित्रादेबि अर्यालले महिलाको आन्दोनहरुले सफलताको मार्गमा अगाडी बढेको बताउदै खेलमा पनि महिलालाई लगानी गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रमले खेलाडीमा हौसला प्रदानहुने बताउनुभयो । आर्थिक सशक्तीरकरणमा नगरले महिलामा लगानीको वातावरण स्थापना गरेको बताउनुभयो ।
त्यस्तै बिशिष्ट अतिथि प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले खेल प्रतियोगिताले शारीरिक तन्दुरुस्त मात्र हुने नभई यसले सकरात्मक सोचको समेत विकास गर्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताए । रेडियो मुक्तीले आयोजना गरेको कार्यक्रम उदारहणीय भएको बताउदै महिला खेलाडीमा लगानी गर्नका लागी थप दवाव सिर्जना हुने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले महिलाको बिकासका लागी घरैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । सञ्चारको माध्यमबाट गरिने खेलकुदका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

रेडियोका कार्यबहाक अध्यक्ष इन्दिरा आचार्यले रेडियोले लैंगिक हिंसा न्यूनिकरण , लैंगिक समानताका र महिला सशक्तिकरणको विषयलाई प्राथमिकतामा राखि संचारको माध्यमबाट बहस , पैरवी र समुदाय स्तरका कार्यक्रम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा,इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक बिजयराज पण्डीत,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा टा«फिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी बरिष्ठ नायव निरिक्षक जगदिश तिमिल्सेना, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, नेपाल प्रेस युनियनमा सभापति कबिन्द्र नेपाल, गैरसरकारी संस्था महासंघकी पूर्ब केन्द्रिय उपाध्यक्ष सुमित्रा शर्मा ,खेल प्राबिधिक प्रमुख मोहन घले लगायतको उपस्थिती रहेको थियो ।
२०६५ सालमा स्थापना भएकोसामुदायिक रेडियो मुतmी महिलाहरुद्धारा स्थापित र सञ्चालित नेपालकै पहिलो रेडियो हो ।

कार्यक्रम रेडियो मुक्तीका कार्यवहाक अध्यक्ष इन्दिरा आचार्यको अध्यक्षता, स्टेशन म्यानेजर कल्पना तिवारीको स्वागत तथा समाचार प्रमुख कार्यक्रम संयोजक अस्मिना पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।
११४ औं अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च ) शुक्रबार “महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी बिश्वभर एकैसाथ मनाईदैछ ।

 
 
  
 

You may also like