नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ गयो, जनमतको अपमान भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको मूल्य मान्यताविपरीत एकतर्फीरूपमा गठबन्धन टुटाएको आरोप लगाएका छन् । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि समेत कुठाराघात गरेको आरोप लगाए ।

‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो’ उनले भने, ‘जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’

उनले जनता र संविधानमाथि समेत प्रधानमन्त्रीले कुठाराघात गरेको बताए । उनले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए ।

 
 
  
 

You may also like