संघीय संसदको दुबै सदनको बैठक बस्दै, के–के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसदका दुबै सदनको बैठक आज (बिहीबार) बस्ने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आजका लागि संसद सचिवालयले आवह्वान गरेको हो । नयाँबानेश्रस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधिसभा र दिउँसो १ : १७ बजे राष्ट्रियसभाको बैठक सचिवालयले बोलाएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक स्थगन भएको थियो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने छन् । साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ ।

राष्ट्रियसभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूती रहेको छ । राष्ट्रियसभा अध्यक्षको पदपूर्ति भइनसकेका कारण उपाध्यक्ष उर्मिला अर्यालले सदन सञ्चालन गर्नेछिन् । साथै, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने २१ गतेको सम्भावित कार्यसूचीलाई पनि दोहो¥याइएको छ ।

 
 
  
 

You may also like