काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य घट्यो युरो र बेलायती पाउण्डको भाउ भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५पैसामा कारोबार भएको थियो ।
मंगलबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २८ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसाले बढेको हो । सोमबार यसको खरिददर १४३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसामा कारोबार भएको थियो । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ २२ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ७० पैसा र बिक्रीदर १६८ रूपैयाँ ४६ पैसा कायम गरिएको छ । सोमबार यसको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसामा कारोबार भएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ २९ र बिक्रीदर ८६ रूपैयाँ ६८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रूपैयाँ कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।