सकियो रास्वपा वैठक, सम्भावित राजनीतिक समीकरणबारे निर्णय गर्ने अधिकार लामिछानेलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय वैठक सकिएको छ । वैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवी लामिछानेलाई दिएको छ । आज (सोमबार) बिहान बसेको रास्वपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठक केही बेरअघि सकिएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापतिले बैठकलाई जानकारी गराएको एक नेताले जानकारी दिए ।

उनले भने, ‘नयाँ विकसित राजनीति घटनाक्रमको विषयमा छलफल भयो । राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापति रवी लामिछानेलाई दिने निर्णय भएको छ ।’ नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच गए राति सत्ता सहयात्राका विषयमा नयाँ समझदारी बनेपछि सबैजसो दलहरु यतिबेला आन्तरिक छलफलमा छन् ।

 
 
  
 

You may also like