संघीय संसदका ६ वटा समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसदका बिभिन्न समितिका बैठक बस्दै छन् । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

 
 
  
 

You may also like