भारतको नयाँ नक्साप्रति नेपालको औपचारिक विरोध : तीन सातापछि बल्ल ‘कूटनीतिक नोट’

by समतल अनलाइन

काठमाडौं । भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रुपमा विरोध जनाएको छ ।

नेपालले विहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नोट’ पठाएर भारत समक्ष विरोध जनाएको हो । भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो ।

नेपालले सुगौली संन्धीको धारा ५ मा काली नदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रस्ट उल्लेख भएकाले दुई देशको सीमा पनि त्यहीअनुसार हुनुपर्ने दावी गर्दै आइरहेको छ ।

भारतको नयाँ नक्सामा कालीनदी उल्लेख भएपनि त्यसपूर्वको भू–भागलाई समेत आफ्नो क्षेत्रभित्र पारिएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको नोटमा भारतद्वारा जारी नक्सा गलत भएकाले त्यसलाई सच्याउन आग्रह गरिएको छ । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like