संसद भवन छिरेका ४९ लघुवित्त पीडितविरुद्ध मुद्दा चलाइँदै, सात दिन हिरासत राख्न अनुमति

by समतल अनलाइन

काठमाडौ । नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका लघुवित्त पीडितहरूलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । सोमबार संसद् भवन प्रवेश गर्ने ४९ जना पक्राउ परेका थिए ।

सार्वजनिक शान्तिविरूद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । सोमबार निषेधित क्षेत्र तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका थिए ।
प्रहरीका अनुसार पश्चिमतर्फको २ नम्बर गेटमा रहेका सुरक्षाकर्मीलाई धकेल्दै उनीहरू भित्र प्रवेश गरेका थिए ।

उनीहरूलाई काठमाडौका विभिन्न प्रहरी हिरासतमा राखिएको छ । यसअघि सोमबार नै लघुवित्त पीडितहरू संसद् भवन परिसरमा छिरेको प्रकरणमा प्रहरीले छानबिन समिति पनि बनाइसकेको छ । घटना छानबिनका लागि प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइसकेका छन् ।

 
 
  
 

You may also like