वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिड्दै

by समतल अनलाइन

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज (मंगलबार) हुँदैछन् ।

आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दैछ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि शुरु हुनेछ । जोर्डन समूह ‘ए’ मा तीनै खेलमा विजयी भएर समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समूह ‘बी’ मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः४५ बजेदेखि शुरु हुनेछ । यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्बाधिक ८ गोल गरेर सर्बाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहेकी छन् । प्रतियोगिताको फाइनल खेल आगामी विहीबार हुनेछ ।

 
 
  
 

You may also like