नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

by समतल अनलाइन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय श्रृंखलामा नेपाल पराजित बनेको छ । नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाउन सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए । करण केसीले २६ रन बनाए। त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७, अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल १६, गुल्शन झा ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन् । यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए । यसअघि डच टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

 
 
  
 

You may also like