इन्टलेक्चुअल एकेडेमीले मनायो १४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस

by समतल अनलाइन

बुटवल । बुटवल ११ कालिकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमीले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सब एवं अभिभावक दिवस २०८० मनाएको छ। मंगलबार एकेडेमिमा एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाईएको हो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत मित्रमणी खनालले बुटवल तथा समग्र राष्ट्रकै शैक्षिक गुणस्तर वृद्धिमा नीजी विद्यालयको ठूलो हात रहेको उल्लेख गरे।

पहिले निकै पछाडी रहेका सामुदायिक विद्यालयहरु पनि अहिले निजि विद्यालयको प्रतिस्पर्धा गरिरहेको बताए। उनले निजिमा धेरै शुल्क हुने भन्ने गुनासो आउने गरेपनि बुटवलले वर्गीकरण गरेर शुल्क निर्धारण गरेपछि यो समस्या समेत समाधान भएको बताए।

कार्यक्रममा बोल्दै विद्यालयका प्रवन्ध निर्देशक रामराज पोख्रेलले बुटवलका बालबालिकालाई परम्पराबादी शिक्षाका केही राम्रा कुरा थपेर अहिलेको नया शिक्षा प्रणालीलाई लागू बिद्यालयले गर्दै आएको बताए।
उनले पछिल्लो समय निजि विद्यालयले सीप र ब्यवहारीक ज्ञान आर्जन प्रदान गर्दै आएको बताउदै सरकारी बिद्यालयले सिको गरेकोले समग्र देशको शैक्षिक अवस्था सुधार हुने विश्वास ब्यक्त गरे।

ईन्टरनेशनल स्कुल अवार्ड २०२०-२३ प्राप्त विद्यालयमामा आयोजित कार्यक्रममा विभिन्न गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थी एवं शिक्षक कर्मचारीलाई सम्मान गरिएको थिए। कार्यक्रममा विद्यार्थीहरुले बनाएका विभिन्न बिज्ञान प्राविधिक गतिविधि एवं प्रोजेक्ट तथा ह्याण्डिक्राफ्ट प्रदर्शनीमा राखेका थिए भने विद्यार्थी सुप्रीया रानाले माता सरस्वतीको अवतार धारण गरि बसेकी थिइन। कार्यक्रममा सन्देशमूलक नाटक प्रस्तुती , कल्चरल शो लगायत ५० वटा विभिन्न साङ्गितिक प्रस्तुतिहरु रहेका थिए।

कार्यक्रममा प्याब्सन नेपालका केन्द्रिय सदस्य टिकराम न्यौपाने, प्याब्सन प्राज्ञीक सल्लाहकार लोकनाथ उपाध्याय, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार,पूर्व विद्यार्थी एवं सम्मानित विद्यार्थी एन्जिला पोखरेल, विद्यार्थी एरिना महत लगायतले बोलेका थिए।

विद्यालयका अध्यक्ष गोबिन्द प्रसाद मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिद्यालय कोर्डिनेटर मित्रजन भण्डारी गरेका थिए।

 
 
  
 

You may also like