खुद्रा किराना व्यवसायी संघद्वारा रक्तदान, ६० युनिट संकलन

by समतल अनलाइन

/बुटवल । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले १७ औँ साधारण्णसभा नवौ अधिवेशनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । आईतबार बुटवलको रक्तसेवा केन्द्र (ब्लड बैकं)मा आयोजना गरेको रक्तदानमा ६० युनिट रगत संकलन भएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले रक्तदान जस्तो पुनित कार्य संघले गरेकोमा धन्यबाद दिँदै यस्ता कार्यक्रमले रगतको अभावमा बुटवलमा कसैले ज्यान गुमाउन नपरेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल नियमित रक्तदानता संघका केन्द्रीय अध्यक्ष दया बहादुर सिलवालले बुटवल तथा समग्र रुपन्देहीका बिभिन्न सामाजिक संघ संस्थाले गर्ने नियमित रक्तदानले रगत अभाव हुन नदिएको भन्दै अझै निरन्तरता दिनुपर्ने बताए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष टिकारम गैरेले संघले रक्तदानका साथै अन्य सामाजिक कार्यहरु समेत गर्दै आएको बताए । संघका सल्लाहकार एवं मानव अधिकार तथा शान्ती समाज रुपन्देहीका सचिव कृष्ण प्रसाद पाण्डेले संघले बिगतका वर्षहरुदेखी नै वार्षिक क्यालेण्डर बनाएर रक्तदान गर्दै आएको बताए ।

संघ रुपन्देही अध्यक्ष मोहन प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले संघका सल्लाहकार कृष्ण प्रसाद पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै शुरु भएको हो ।
रक्तसंचार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोग रहेको कार्यक्रम द्धितिय उपाध्यक्ष राधा आचार्यको संयोजकत्व तथा सचिव दधिराम ज्ञवालीको सञ्चालनमा भएको थियो । कार्यक्रममा संघका सल्लाहकारहरु, पदाधीकारीहरु, सदस्यहरुको एवं अन्य सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like