आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा

by समतल अनलाइन

काठमाडौं । आज (सोमबार) (फागुन ७ गते) प्रजातन्त्र दिवस । सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।
२००७ सालको क्रान्ति सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइँदैछ ।

शहीदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालीन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

 
 
  
 

You may also like