नमस्ते नेपालले फागुन ७ गते खुला दौड प्रतियोगिता गर्ने

by समतल अनलाइन

बुटवल, नमस्ते नेपालले फागुन ७ गते खुला दौड प्रतियोगिता गर्ने भएको छ। युवा एकताको लागि दौड भन्ने नाराको साथ नमस्ते म्याराथुन-२०८० गर्ने भएको हो ।

बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा मणिग्रामसम्म दौड प्रतियोगिता हुनेछ । दौड प्रतियोगितामा सबै उमेर समूहले भाग लिन मिल्ने नमस्ते नेपालका अध्यक्ष मनिष भुसालले जानकारी दिए ।

प्रतियोगियामा प्रथमले १५ हजार , द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार रहेको छ । साथै प्रतियोगितामा भाग लिन २०० शुल्क रहेको छ ।

 
 
  
 

You may also like