मैत्रीपूर्ण खेलमा चीनमाथि नेपालीको सहज जित

by समतल अनलाइन

काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपाली युवा टिमले चीनको छिङ हाइ युसुलाई ५–१ ले हराएको छ । चिनिया नयाँ वर्षको अवसरमा आयोजना गरिएको मैत्रीपूर्ण खेलमा नेपाली यू–२३ टिमले खेलेको थियो ।

नेपालको जितमा समीर तामाङले २ गोल गरेका थिए भने सन्जिव विष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरेका थिए । चीनका लागि एक मात्र गोल झाछि पेङकुओले गरेका थिए ।

 
 
  
 

You may also like