देवदह मेलाको तयारी अन्तिम चरणमा, एक सय पचाँसबढी स्टल दर्ता

by समतल अनलाइन

देवदह । रुपन्देहीको देवदहमा संचालन हुन लागेको आठौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । देवदह उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा माघको २५ गतेदेखि फागुन ८ गतेसम्म संचालन हुन थालेको महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको हो । महोत्सवमा प्रवेशद्वारा, सचिवालय, बाल उद्यान, स्टल निर्माण लगायतको निर्माणकार्य अन्तिम चरणमा पुगेको मेला आयोजक मुल समितिका संयोजक तथा बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो । उहाँले अहिलेको मेलालाई विशेष बनाउने अभियान अन्तरगत महोत्सवका लागि आवश्यक तयारीहरु पुरा भएको र अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मेलामा गुरुग, मगर समुदायको कुडुले घर, सेल्फी स्टेन, पाँच फिटको बुद्धमुर्ति लगायतका आकर्षकहरु राखिने जानकारी दिनुभयो । मेलाका लागि अहिलेसम्म १५० वटा स्टल दर्ता भई सकेको र होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी स्टल लगायतका अन्य गरि दुई सय स्टलहरु रहने बताउनुभयो । उहाँले मेलाको एक लाख दर्शकले अवलोकन गर्ने र दश करोड बरावरको कारोवार हुने लक्ष्य रहेको बताउनुभयो । मेला सम्पन्न गर्दासम्म १० लाखबढी खर्च लाग्ने अनुमान गरिएको छ । बिहीबारदेखि लाग्ने मेलाको स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्नु हुने छ ।

यस्तै मेलाको सांस्कृतिक कार्यक्रम अन्तरगत अन्यमा डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत÷लोकनृत्य प्रतियोगिता, कपल डान्स प्रतियोगिता, अन्तर आमा समुह लोकगित प्रतियोगिता, फ्रि–स्टाईल थ्री मिनेट प्रतियोगिता, अन्तर टोल विकास संस्था डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुने छन् । देवदह मण्डपमा फागुन ८ गतेसम्म चल्ने महोत्सवमा कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज, योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधिहरु महोत्सवका आकर्षकका रुपमा रहने मेला सचिवालय संयोजक विष्णु न्यौपालेले जानकारी दिनुभयो । त्यसैगरी यसपटकको मेलामा अहिले सम्मकैबढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागिता रहने पनि आयोजकले बताएका छन् ।

मेलामा गायक राजु परियार, आशिष राना लाहुरे, ज्योती मगर, प्रकाश दुतराज, एलिना चौहान, टंक तिमिल्सिना, अनु चौधरी, रचना रिमाल, पशुपति शर्मा, बद्रि पंगेनी, इन्द्रेणी समुह, दुर्गेश थापा, शान्ति श्री परियार, शिला आले, रमेश प्रसाई, रमेश राज भट्टराई, पुस्कल शर्मा, पुर्गेङ्ग दोङ, नृत्य बन्दना विश्वकर्मा, आरुसी मगर, नारायणी खत्री लगायतका राष्ट्रियसँगै दर्जनौ स्थानीय कलाकारहरुको प्रस्तुती रहने संघले जनाएको छ । मेलामो पुर्व सन्ध्यामा माघ २५ गते विहिबार बिहान साढे दश बजे देवदह लौकेश्वर मन्दिरबाट मेला स्थलसम्म विभिन्न भेषभुषा झाँकी सहितको ¥याली निकालिने र उक्त ¥याली देवदह मण्डपमा पुगेर समापन हुने मेला सहसंयोजक मिना श्रेष्ठले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like