संघीय संसदको हिउँदे अधिवेशन आजदेखि

by समतल अनलाइन

काठमाडौं । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन आज (सोमबार) देखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेका छन् ।

यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको पूर्ण तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । सभामुखले विधेयकबारे कानुनी, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श गरिसकेका छन् ।

 
 
  
 

You may also like