यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा

by समतल अनलाइन

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पुरा भएको छ । सुपर सिक्स चरणका खेलहरु सकिएपछि दुवै समूहबाट सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने समूह २ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् । यस प्रतियोगितामा नेपाल भने सुपर सिक्समा पुगेर बाहिरिएको थियो ।

१६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल यस विश्वकपमा ११औ स्थानमा रहेर प्रतियोगीता समाप्त गरेको छ । नेपाल टेस्ट खेल्ने देश अफगानिस्तान र जिम्बाबेभन्दा अगाडि रहेको छ । अब सेमिफाइनलमा भारतको सामना दक्षिण अफ्रिकासँग हुने भएको छ र यो खेल फेब्रुअरी ६ मा हुनेछ । त्यस्तै अर्को सेमिफाइनल पाकिस्तान र अस्ट्रेलियाबीच हुनेछ र यो खेल फेब्रुअरी ८ मा हुने तालिका रहेको छ ।

 
 
  
 

You may also like