नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला

by समतल अनलाइन

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाले नेपाली राजनीतिक नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन् । आज (शनिबार) काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन् ।

उनले अहिलेकै बाटोमा देशलाई अघि बढाउने हो भने गन्तव्य नजाने दावी गरिन् । उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै नेपालको भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन् ।

उनले रोमको आर्किटेक्चर भन्दा नेवारी र नेपाली आर्किटेक्चर धेरै राम्रो रहेको पनि उल्लेख गरिन् । अभिनेत्री कोइरालाले आउँदो पुस्तालाई भत्किएको, टुक्रिएको, आपसमा मतभेद राखेर फुटेको नेपाल हस्तान्तरण गर्न लागिरहेको आफूले महसुस गरेको जिकिर गरिन् ।

 
 
  
 

You may also like