संचारमाध्ययम नागरिकको ऐना हुनुपर्छ ः गृहमन्त्री पाण्डेय

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले संचारमाध्ययम नागरिकको ऐना हुनुपर्ने बताएका छन् । उनले सरकारलाई दिशा निर्देश गर्ने र नागरिकका आवश्यकता सरकारसम्म पुर्याउने काममा संचारमाध्ययम संवेदनशील भएर लाग्नुपर्ने बताए ।

संचारिका समूह नेपालले शुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले संचारमाध्ययम सबलीकरणका लागि प्रदेश सरकार लागिपरेको बताए । उनले संचारमाध्यम खुल्ने क्रम बढेको बताउदै त्यसको गुणस्तर बिस्तारमा समेत ध्यान दिन आग्रह गरे । संचारमाध्ययममा ठूला दल, ठूला व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार लेख्नु साटो समस्यालाई समाधान गर्ने खालका कुरालाई पनि ध्यान दिन सुझाब दिए ।
मन्त्री पाण्डेले संचारमाध्ययममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूलप्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारकारको व्यवसायिक सुरक्षाकालागि राज्यले सघाउनुपर्ने बताए । उनले पत्रकारहीलाई समाचार सामाग्री र प्रस्तुतीलाई लैंगिक र समाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गरे ।

फ्रिमिडिया नेटवर्क एवं पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताए । उनले पत्रकार महिला तथा सिमान्तकृतहरु जातिय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाब दिए ।

संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले संचारमाध्यमलाई लैंगिकमैत्री बनाउदै व्यवसायीक सुरक्षा र सवलीकरणका लागि सम्पादक र व्यवस्थापक सहितको कार्यक्रम आयोजना गरेको बताइन् ।

अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठले नागरिकलाई सुसुचित गर्ने र राज्यलाई दिशा निर्देश गर्ने पत्रकारहरुमा लैंगिकता र समावेशीकरणको बुझाइ पट हुनुपर्ने बताइन् ।

संचारिका समूह नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले संचारमाध्ययमहरुको समाचार रुम, व्यवस्थापन र उत्पादित सामाग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताइन् । पत्रकारहरु व्यवसायिक र पेशागत सुरक्षित हुनका लागि कार्यक्रमले सहयोग गर्ने बताइन् ।
प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक महिला पुरुष सहभागी छन् ।

 
 
  
 

You may also like