कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज (माघ ७ गते आइतबार) अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.४० रुपैयाँ रहेको छ भने बिक्री दर १४५.०५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.२२ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९८ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२४ रुपैयाँ रहेको छ ।

 
 
  
 

You may also like