जे–सर्ट बुटवलमा आवद्ध रहेका कन्सलटेन्सी व्यवसायिलाई सम्मान

by समतल अनलाइन

बुटवल । जापान जाने विद्यार्थीहरुका लागि जापानिज भाषाको परिक्षा लिने जे–सर्ट (विदेशी भाषाको रूपमा जापानीको प्रमाणपत्र) बुटवल केन्द्रले विधार्थीलाई बुटवल सेन्टरमा परिक्षा दिन ल्याउने कन्सलटेन्सी सञ्चालकहरुलाई सम्मान गरेको छ ।
जापान जान चाहाने विधार्थीको लागि विश्वसनिय तथा भरपर्दो परिक्षा दिलाउने जे सर्ट बुटवल शाखा छोटो समयमै धेरै नेपाली विधार्थीलाई जापानिज परिक्षा दिलाई दक्ष विधार्थीलाई पास गराई जापान सरकारलाई विश्वास दिलाउन सफल भएको छ ।

शुक्रवार मणिग्राममा एक कार्यक्रमका विच रुपन्देही,कपिलवस्तु, नवलपरासी, पाल्पा, स्याङजा लगायतमा ठाउँमा कन्सलटेन्सी सञ्चालन गर्दै आएका व्यवसायिलाई प्रमाण पत्र तथा खादा लगाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (ई–क्यान) रुपन्देहीका नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई सम्मान गरिएको थियो । साथै जे– सर्ट बुटवल केन्द्रमा सवैभन्दा बढि विधार्थीलाई सहभागि गराई प्रथम,द्धितिय र तेस्रो हुने क्रमशः सुसुकि कन्सलटेन्सी सुनवल, सेन्ट्रल कलेज बुटवल र करियर प्लानिङ्ग एजुकेशन नेटवर्क बुटवल लाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा जे सर्ट केन्द्रिय कार्यालय काठमाण्डौका परिक्षा सञ्चालन प्रमुख निश्चित शाहीले जे–सर्ट जापानमा जाने विदेशी नागरिकहरूलाई जापानमा जीवनयापन गर्दा कुराकानी गर्न आवश्यक हुने जापानी भाषाको क्षमता मापन गरी जापानी भाषामा केही हदसम्म दैनिक कुराकानी गर्न र विनाकठिनाइ जीवनयापन गर्न सक्ने क्षमता छ कि छैन भनेर निर्धारण जापानी भाषाको दक्षताको प्रमाण पत्र रहेको बताउनु भयो ।

उहाँले केहि वर्ष अघिसम्म जापानिज भाषा परिक्षा दिन काठमाण्डौ जानुपर्ने बाध्यता रहेकोमा जे सर्ट बुटवल केन्द्रले विधार्थीको समस्यालाई मध्यनजर गरी बुटवलमै परिक्षा केन्द्र ल्याएको बताउनु भयो । जापान जानको लागि लिइने अन्य परिक्षा भन्दा यस परिक्षा उत्कृष्ट परिक्षा भएको बताउनु भयो । साथै उहाँले नेपालभर जेसर्टको ८ वटा परिक्षा केन्द्रमध्ये बुटवल परिक्षा केन्द्र उत्कृष्ट परिक्षा केन्द्र भएको बताउनुभयो ।
ई–क्यान रुपन्देहीका अध्यक्ष गिरिराज पाण्डेले रुपन्देहीमा कन्सलटेन्सी सञ्चालन गरेका व्यवसायिले विदेशी भाषाको परिक्षा सञ्चालन गर्न पाएकोमा बधाई दिनुभयो ।

उहाँले जापानिज भाषाको परिक्षा लिदै आएको जेसर्ट बुटवलका सञ्चालकलाई परिक्षा निश्पक्ष रुपमा लिएर राम्रो अंक ल्याएका विधार्थी मात्र पास हुने वातावरण मिलाउन आग्रह गर्नुभयो । साथै रुपन्देहीमा सञ्चालित सम्पुर्ण कन्सलटेन्सी व्यवसायिहरु अनिवार्य रुपमा दर्ता भएर मात्र सञ्चालन गर्न आग्रह गर्नुभयो ।

करिव ४५ जना कन्सलटेन्सी सञ्चालकहरु सहभागि रहेको सम्मान कार्यक्रमको जे–सर्ट बुटवलका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा र सञ्चालक ओम प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like