रुपन्देहीको तिलोत्तमामा १० करोड लागतमा खुल्यो ओम महिला तथा बाल अस्पताल

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्बर ४ मा ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै सुत्केरी आमाहरु, नवजात शिशु, बालकालिका तथा किशोर किशोरीहरुका लागि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष शारदा तिवारीले बताईन ।

१० करोडको लागतमा निर्माण भएको अस्पतालमा २१ जना महिला ४ जना पुरुष गरि २५ जना सञ्चालक रहेका छन ।

अस्पतालको सवै कमिटिमा महिलाहरु रहेका छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले अस्पतालबाट प्रसुति सम्बन्धी सवै सेवा, एनआईसियी, प्रयोगशाला, जनरल बेड र क्याविन सेवा अस्पतालले दिने बताईन । हाल अस्पतालमा १५ बेड सञ्चालन छ ।

उनले सरकारबाट स्वीकृती लिई १०० बेड बनाउने र अस्पतालमा आमा सुरक्षा कार्यक्रम पनि लागु गर्न प्रयास भइरहेको बताईन । अस्पतालकी एमडि कमला मल्ल हमालले स्वास्थ्य सेवालाई व्यापार संग मात्र नहेरी सेवाकै दृष्टिकोणबाट आफुहरु लागेको बताईन ।

अस्पतालमा हाल ३०० सय रुपैया ओपिडि टिकट छ । यसलाई निकट भविष्यमै १ सय रुपैयाँ बनाईने पनि उनले बताईन । त्यस्तै जनरल एसी बेडको १ हजार २ सय र क्याविनको ३ हजार शुल्क रहेको उनको भनाई छ । ०७७ साल साउन ७ गते पुर्व पर्यटन उद्योग, बन बातावरणमन्त्री कल्पना पाण्डेले शिल्यनास गरेको यो अस्पताल ०८० जेठ बाट सञ्चालनमा आएपनि आईतबार देखि औपचारिक रुपमा शुभारम्भ हुंदैछ । अस्पतालमा ओ.टी सेट अप, एक्सरे, अल्ट्रासाउण्ड, गाईने सेवा, भेन्टिलेटर सहितको एनआईसि सेवा र दुरविन द्धारा गरिने सवै सल्यक्रियाका सेवाहरु उपलब्ध रहेको अस्पतालकी एम डी हमालले बताईन ।

अस्पतालको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले गर्ने कार्यक्रम छ ।

 
 
  
 

You may also like